Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन्। संघ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ। सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागीता हुनेछ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments