Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

भद्रपुर, २ फागुन । मेचीनगर नगरपालिकामा ७६ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २३ वर्षीय कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी वृद्धालाई घरमा सुतिरहेको अवस्थामा बलात्कारको प्रयास गरेको थिए।

वृद्धालाई करणीको प्रयास भएको देखेपछि उनका श्रीमानले इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए। श्रीमानको उजुरीपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। लिम्बुलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा अनुसंन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments