Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा

झापा, २ फागुन । देशको आमूल परिवर्तन गर्दै तमाम सर्बहारा नेपाली जनताको मुक्तिको घर बनाउन जनयुद्धमा होमिएका शहीद बिष्णु हास्ताको परिवार आज घर बिहिन छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेताहरु लाखौं खर्चगरेर जनयुद्ध दिवस र शहीद सप्ताहा मनाउन देश दौडाहामा छन् तर झापा गौरादह २ का शहीद हस्ताको परिवार ओतलाग्ने घरमा कहिले बस्न पहिएला भनेर आसैआसमा कस्टकर जीवन बिताउदैछन् ।

पुर्पुरामा हात राख्दै बुवा मुन्सी हस्ता आँखामा टिलपिल आँसुपार्दै भक्कानिदै भन्छन् “मेरो छोरो आज जिवित भएको भए कसैसंग आस गर्नुपर्ने थिएन, पढेलेखेको थियो देश बनाउन भनेर हिडेको तर कहिल्यै फर्किएन शाही सेनाले मारेछ ।”

गतबर्षको फागुन २१ गते शहीद सप्ताह–२०७४को सन्दर्भ पारेरे तत्कालिन माओवादी केन्द्र झापा क्षेत्र नं ५ले शहीद परिवारको लगि भापाको गौरादहमा घर निर्माण कार्यको शिलान्यास गर्यो ।

घर सिलान्यास गरेको एक बर्ष बितेर अर्को बर्ष २०७५को जनयुद्ध दिवश र सहिद सप्ताहा सुरु भयो तर घर निर्माण भने अलपत्र छ । घरको जगहाल्ने माटो मुनिको काम पनि सकिएको छैन् ।

घर निर्माण गरिदिन्छौं भनेर सिलन्यास कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिको आसन ग्रहण गर्नैहरुलाई जनयुद्ध दिवस र सहीद सप्ताह मनाउन भ्याइनभ्याइ छ । सिलन्यास गरेर छाडेको निर्माणकार्यको के अवस्था छ बुझ्ने फुर्सद सम्म छैन् ।
गत बर्षको शहीद सप्ताहा समापनको दिन तत्कालिन नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ५ ले गौरादह नगरपालिका–२ लोदाबारीमा शहीद बिष्णुलाल हस्ता परिवारको लगि घर निर्माणको शिलान्यास गर्यो ।

तत्कालिन माओवादी केन्द्रका युवा नेता झापा क्षेत्र नं ५ का इन्चार्ज गगन पुरीको प्रमुख उपस्थितिमा सिलन्यास गरिएको सो घर निर्मााणको लागत अनुमान १० लाख रुपयाँ रहने बताइएको थियो ।

माओवादी केन्द्रका स्थानीय नेता डिल्लि रिजालको अध्यक्षतामा निर्माण समिति र इन्चार्ज पुरी संयोजक रहेको सल्लाहाकार समिति समेत सिलन्यास कार्यक्रमका दिन निर्माण गरिएको स्थानीय नारायण काफ्लेले बताए ।

सिलन्यास गरेर छाडेको एक बर्ष बितिसक्दा पनि घर निर्माण किन सम्पन्न हुन सकेन भन्ने जिज्ञासामा निर्माण समिति अध्यक्ष रिजाल स्रोत ब्यवस्थापन तथा प्रविधिक कारणले गर्दा ढिला भएको तर अब चाँडै निर्माण सम्पन्न गरिने बताउछन् ।

उता हस्ता परिवारले गत बर्ष पनि नयाँ घर बन्दैछ पुरानो छानो टाल्न किन खर्च गर्नु भनेर आसैआसमा चुहिने छानोमा आकासका तारा गन्दै रातकाटायो । घर छिटो बनिदिए र नाति नातिना र बुहारीलाई ओतलाग्ने घरमा थन्क्याएर मर्नपाए हुनेथियो भन्ने धोको रहेको बताउदै छोरालाई सम्झिदै आँसु पिएर दिन बिताउदैछन् बृद्ध शहीद पिता मुन्सि हास्ता ।

को हुन् शहीद बिष्णु हस्ता “बिकल्प”

२०२४ साल पुस १० गते झापाको साबिक तोपगाछीमा जन्मिएका तथा गौरादह २ मा स्थायी बसोबास गर्दैरहेका हस्ताको ०६० साल पुस ९ गते सशस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।

गौरादह बहुमुखी क्याम्पसमा २०५२ सालको स्ववियु निर्बाचनमा तत्कालिन अखिलको तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भएका हस्ता विद्यार्थी राजनीति तथा पार्टी राजनीतिमा सक्रिय थिए ।

२०५६ सालबाट माओवादी पार्टीमा सम्लग्न भएका हस्ता २०५७ सालबाट पूर्णकालिन भएका थिए । ०६० सालमा माओवादी पार्टीको एरिया समिति सदस्य जिम्मेवारीमा रहेका विष्णुलाललाई उनका समकालिन ढकालका अनुसार पार्टी भित्र कमरेड “बिकल्प” भनेर चिनिन्थ्यो ।

पर्टी कामको सिलसिलामा सातौं ब्रिग्रेडको एसटीएफ टोलीको रुट गाइड बनेर कमाण्डो आक्रमणका लगि जाँदै गर्दा सशस्त्र प्रहरीले पाडाजुँगी मंगलबारे चौकमा हस्ताको गोली हानी हत्या गरेको थियो ।

पढेलेखेको सक्षम युवा अवस्थाको छोरो गुमाएपछि शहीद बिष्णुलालको परिवार बुबा बृद्ध मुन्सी हस्ताको संरक्षकत्वमा अहिले चरम गरिबीको कष्टकर जीवन यापन गर्दै रहेको छ । संचारकर्मी संग कुरा गर्दै मुन्सी हस्ताले भने हामीलाई सुख दिएर पाल्ने छोरो त्यही थियो, छोरो मारिए पछि अहिले हामी सहारा बिहिन भएका छौं ।
सहिद बिष्णु हस्ताको बुवा संगको छोटो कुराकानीको भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया