Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

२ फागुन । भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ ।

यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ ।

गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवश्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको छ ।

मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको छ । यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ । तर, परीक्षणको समय अझै तय हुन बाँकी रहेको डेली मेलले बताएको छ ।

यो खबर आजको कारोबारमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया