Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं, १६ पुस २०८२ । काठमाडौं महानगरपालिकाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछामबाट चुनाव लड्ने तयारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिह्न लिएर अछाम क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निवार्चन लड्ने तयारी गरेका हुन ।

केही दिनअघि मात्रै रास्वपा र बालेनको दुई पक्षीय सहमति भएको थियो । “आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा छु । म आफू जन्मेको अछाम २ बाट चुनाव लड्ने तयारीमा छु,” शाहले भने । महानगरमा बालेनको प्रमुख स्वकीय सचिवका रूपमा शाहले साढे तीन वर्ष काम गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बालेन र कुलमान घिसिङको निर्णायक वार्तामा शाहले ‘स्टेक होल्डरका रूपमा भूमिका निर्वाह गरेका थिए । २०७९ को को निर्वाचनमा अछाम–२ बाट नेपाली कांग्रेसका पुष्पबहादुर शाहले विजयी भएका थिए ।

 

तपाईको प्रतिक्रिया