झापा, १२ पुस २०८२ । झापाको गौरादहमा ग्वालीमा आगलागी भएको छ । आज बिहान ५ः४५ बजेतिर गौरादह नगरपालिका-७ निवासी केडी राईको ग्वाली घरमा आगलागी भएको हो । आगलागी शुरु भएपश्चात् तुरुन्तै गौरादह नगरपालिकाको दमकल आई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
चुल्होबाट आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






