Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठ्माडौं, १० पुस २०८२ । ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ ।

रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ ।

रवि र बालेनबीच बिहीबार वार्ता भएको थियो । मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ललितपुरको ज्वागलमा उनीहरूबीच वार्ता भएको थियो ।

वार्तास्थलबाट निस्किँदै गर्दा लामिछानेलाई सञ्चारकमीको प्रश्न थियो, “बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने रु” जवाफमा लामिछाने भने, “त्यो त समयले नै बताउनेछ ।”

 

 

तपाईको प्रतिक्रिया