Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २ फागुन । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीय किशोरी ईश्वरा गदाल हराएको १० महिना बितिसकेको थियो । आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन् । तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन् ।’

दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँसु थाम्नै सकिनन् । ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागको छ ।’ पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवस गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो ।

उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन् । नगरका सामाजिक विकास अधिकृत अनन्त वस्तीले बालिका बुझेका थिए । वस्तीले बालिका लिएर आएको टोलीप्रति आभार पनि प्रकट गरे । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया