Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

सुनसरी, ९ पुस २०८२ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा डा अन्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपत्कालीन तथा आपत्कालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ ।

उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपत्कालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदेखि सञ्चालन सुरु गरिएको प्रधानले जानकारी दिइन् ।

यसअघि आपत्कालीन ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाले रुटिन ल्याब र आपत्कालीन ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुनेछ । साथै वार्ड राउन्डका क्रममा बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको प्रवक्ता प्रधानको भनाइ छ ।

प्रयोगशाला नमुना सङ्कलन आपत्कालीन, आइपिडी तथा इएचएस ९ओपिडी तथा आइपिडी० सेवाका बिरामीका लागि चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।रासस

 

तपाईको प्रतिक्रिया