Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौं, ८ पुस २०८२ । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा अडिएको छ। यसअघि नेप्से परिसूचक आइतबार १९.९२ र सोमबार १३.८८ अंकले घटेको थियो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यस दिन ३२८ वटा स्क्रिप्सको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आइतबार ४ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १३४ वटा स्टक्सको मूल्य बढ्दा ११७ वटाको घट्यो। बाँकी ८ वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

कारोबार रकमका आधारमा एसवाइ प्यानेल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। सागर डिस्टिलरीले ८ करोड मूल्य बराबरको कारोबार गर्दा सीईडीबी होल्डिंग्सको ७ करोड,लुम्बिनी विकास बैंक र मंजुश्री फाइनान्सको ६/६ करोडको कारोबार भयो।

६ समूहको उपसूचक घट्दा ७ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ,फाइनान्स,होटल्स एण्डटुरिजम,हाइड्रोपावर,मनु एण्ड प्रो,माइक्रोफाइनान्स र अदर्श समूहको उपसूचक बढ्दा अरू समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

तपाईको प्रतिक्रिया