Online Bichar
आइतबार, जेठ २१, २०८० | Sunday, June 4, 2023

काठमाडौं, १ फागुन । लागूऔषध इन्जेक्सनसहित प्रहरीले वीरगञ्जमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागूऔषध इन्जेक्सन ल्याएर रक्सौलबाट ना८प ५१५१ नम्बरको मोटरसाइकलमा वीरगञ्ज आउँदै गरेका भारत हरिपुर पश्चिम चम्पारण बिहारका २२ वर्षे साहिल मियाँ भनिने नरुल हकलाई पक्राउ गरेको हो ।

उनको साथबाट पाँच/पाँच सय पिस नुफिर्न, डाइजयल्याब र फेनार्गन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

मियाँ वीरगञ्ज महानगरपालिका-२३ मा बस्ने गरेको प्रहरीले बताएको छ । लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया