Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

झापा, ७ पुस २०८२ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ । आइतबार दिउँसो १२:२५ बजे बिर्तामोड नगरपालिका-६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको गोली–३ राउन्ड (साबुत) बेवारिसे अवस्थामा फेला परेको हो ।

हातहतियार तथा गोलीगठ्ठाहरु बेवारिसे अवस्थामा फेला परेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर बरामद गरेको थियो । बरामद भएको ईन्सास राइफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया