काठमाडौं, ६ पुस २०८२ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा पुगेको हो।
यसदिन ३४५ स्क्रिप्सको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँमा खरिदबिक्री भए। आज सवाइ प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिन्धु विकास बैकका लगानीकर्ताले भने यस दिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रह्यो। सो कम्पनीको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बराही हाइड्रोपावरले ११ करोड ९० लाखको सेयर कारोबार गर्दा सन नेपाल लाइफ इन्स्योरेन्सले ११ करोड ४० लाख,लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सले १०/१० करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्ड समूहको उपसूचक ०.१९ प्रतिशतले बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्।






