Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

सप्तरी, १ फागुन । सप्तरीको कंचनरुप नगरपालिका-१० भोडहामा पाटे चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

बुधबार बिहान ६ बजेतिर कंचनरुप नगरपालिका-१२ स्थित जंगल क्षेत्रबाट आएको पाटे चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कंचनरुप नगरपालिका-१० भोडहका ६० वर्षीया राजवती देवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी, र सत्य नारायण चौधरी छन् ।

घाइतेमध्ये राजवतीदेवीको स्थानीय अस्पतालमा तथा बाँकीलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

चितुवा आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कंचनपुर तथा कोशी टप्पु बन्यजन्तु आरक्ष पथरी सप्तरी पोष्टबाट रेन्जरको टोलीले घाइते अवस्थाको चितुवालाई स्थानीयको सहयोगमा जालले छोपी नियन्त्रणमा लिएको छ ।

चितुवालाई समेत उपचारको लागि कोशी टाप्पु बन्यजन्तु आरक्षको कार्यालय कुशाहा सुनसरी लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया