Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

सिन्धुली, १ फागुन । बीपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डको सवारी आवागमन ठप्प भएको छ । कलेज हिँडेका २ छात्रालाई टाटासुमोले ठक्कर दिएर घाइते बनाएपछि विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।

बुधबार बिहान सिन्धुली बहुमुखी क्याम्पस जाँदै गरेकी रोजिना कार्की र मनिता थापालाई कमलामाई नगरपालिका–४, ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा दिएको थियो । ठक्करबाट रोजिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

विद्यार्थीले दोषीलाई कारबही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् ।

विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौंतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने सिंहले बताए ।

काठमाडौंबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौं हिँडेका सवारी सिन्धुलीमै रोकिएका छन् । विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।
रासस

तपाईको प्रतिक्रिया