Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं , १ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन गर्दै उनले सशस्त्र द्वन्द्वका सहभागीहरुले विविध क्षेत्रमा गरेको उत्कृष्ट योगदानले त्यसको पुष्टि भएको दाबी गरे ।

‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौँ, हरेक चुनौती सामना गर्छौैँ भनेर हिँडेका थियौँ,’ अध्यक्ष दाहालले भने, ‘अहिले पनि नयाँ चुनौती स्वीकार गर्ने गरी हिँडेका छौँ ।’ उनले त्यसबेला द्वन्द्वमा सहभागी सबै योद्धा सबैतिर उत्कृष्ट भएको देख्दा आफू प्रफूल्लित भएको पनि बताए । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments