Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, २९ माघ । क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । उनको अनुसार रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो । सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ ।

मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपम निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया