Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २९ माघ । सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सिक्टाको मूल नहर निर्माणमा ठेकेदार कम्पनी सिटिसिई कालिका र आयोजना निर्माणमा जुटेका कर्मचारीले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तिायारको अभियोगपत्रमा उल्लेख छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत एक करोड १० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया