Online Bichar
सोमबार, जेठ १८, २०८३ | Monday, June 1, 2026

झापा, २३ कार्तिक २०८२ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको पोशाक लुटेर दुरुपयोग गर्ने एक युवक पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे दमक – ६ लाटे क्याफेबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक-१ बस्ने २० वर्षीय साजन लाबुहाङलाई पक्राउ गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका दमकबाट प्रहरी पोशाक लुटेर उनले दुरुपयोग गरेका थिए । यसअघि पनि दमक प्रहरीले प्रहरी पोशाक दुरुपयोग गर्ने अर्का युवकलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया