Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ जेठ २०८३ । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको सुकेधारामा आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गरी फरार रहेका गणेश कार्की र विष्णु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि समेत आँखामा खुर्सानीको धुलो प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हाल दुवै जनालाई नियन्त्रणमा लिइएको छ।

उनीहरूको साथबाट १ थान मोबाइल, १ थान खुकुरी र सिक्री बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका कार्की आपराधिक गतिविधिमा पटक–पटक संलग्न व्यक्ति हुन्। उनी २०६४ देखि २०७८ सम्म विभिन्न मुद्दामा थुनामा रहेका थिए।

उनले आफूलाई प्रहरी भन्दै लागुऔषध तथा लुटपाटका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया