Online Bichar
सोमबार, जेठ १८, २०८३ | Monday, June 1, 2026

झापा, २३ कार्तिक २०८२ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवा पक्राउ परेका छन् ।

हिजो साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार मिनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेका थिए ।

यसअघि इप्रका बिर्तामोडमा आक्रमण गर्ने एक दम्पतीसहित चारजना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया