Online Bichar
सोमबार, जेठ १८, २०८३ | Monday, June 1, 2026

काठमाडौं, २२ कार्तिक २०८२ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।

‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययन हुन्छ, त्यसपछि मात्र कारण बारे भन्न सकिन्छ,’ उनले भने ।

लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।

अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थियो भने केही डाइभर्ट गरिएको थियो ।

रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।

लाइटिङको समस्या समाधान भएसँगै अहिले विमानस्थल सञ्चालमा आएको हो ।

 

तपाईको प्रतिक्रिया