Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडाैँ, २७ माघ । बढ्दो महङ्गीले जो कोहीलाई पनि तनाव हुन सक्छ । नेपालको परिपेक्षमा आर्थिक रुपले सबल एंव सक्षम हुनको लागि अप्ठरो छ । त्यस्तो अवस्थामा अझ घर परिवार तथा व्यवहार चलाउने कुरा कुनै परिवारलाई आकाशको फल आँखा तरी मर भने जस्तो नै बन्न समेत पुग्न सक्छ । यो समस्या नेपालको मात्र नभएर विश्व भरी रहेका मानिसहरुको हो । जसले गर्दा तनावपुर्ण जिवन झेल्न धेरै मानिसहरु बाध्य रहेका पाईन्छ ।

– आम्दानीको स्रोत र खर्चका शिर्षकहरु पहिल्याउनु होस् । कहाँबाट कत्ति आम्दानी हुन्छ र कत्ति खर्च हुन्छ मोटा मोटी हिसाब गर्नुहोस् र भई परी आउन सक्ने कामहरुलाई पहिला पहिल्याउनुहोस् ।

– थोरै भए पनि बचतको भाग छुट्टयाउनु होस् । जसले भईपरिआएको बेलामा तपाईँलाई सहयोग पुग्ने छ ।

– तिर्नु पर्ने ठाँउ छ भने तिरी हाल्नुहोस् । जस्ले तपाईलाई थप आर्थिक बोझ कम हुने छ । साथै आफुले लिनु पर्ने ठाँउमा पनि लिने बानी गर्नुहोस्।

– जागिर खानु हुन्छ भने थोरै तलब भए पनि समयमा तलब दिने ठाँउमा जागिर गर्नुहोस् । व्यापारको हकमा उठाउनु पर्ने ठाँउमा समयमा नै पैसा उठाउने प्रयत्न गर्नुहोस् ।

– पैसा खर्च गर्ने बेलामा निक्कै पटक सोचेर सम्झेर मात्र गर्नुहोस् । अति आवश्यक सामाग्रीलाई विषेश प्राथमिकतामा राख्नुहोस् ।

– घरमा बाल बालिका छन् भने उनीहरुको शिक्षाको लागि पनि योजना बनाउनुहोस् । उनीहरुको शिक्षामा लाग्ने पैसा समयमा नै बुझाउने गर्नुहोस् र उनीहरुको शिक्षामा लगानी हुने पैसाको वार्षिक आँकडा निकाल्नु होस् ।

– रमाइलोको नाममा पैसा धेरैे खर्च नगर्नुहोस् । आफ्नो धेरै रमाइलो गर्ने र पैसा खर्च गर्ने बानी छ भने आफ्नो जिवन साथिलाई आर्थिक कारोबार गर्न दिनुहोस् ।

तपाईको प्रतिक्रिया