Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

भक्तपुर, २९ असोज २०८२ । भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले ‘बिसिएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे । सो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए ।

नेपालमै पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालन गरिरहको प्यालियटिभ केयरलाई थप सुदृढ बनाउने तयारी गरेको बताए ।

कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताइन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताउँदै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताए ।

 

तपाईको प्रतिक्रिया