Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

काठमाण्डौ । राष्ट्रपति निवास शितल निवास स्रोतले दिएको जानकारी अनुसार दलहरुले सहमति नगरे पनि अध्यादेश जारी गर्नुपर्ने मनस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् ।

यद्यपी भण्डारीले पाँचवटा राष्ट्रिय दलका शीर्ष नेता तथा नेतृत्वकर्तालाई सहमति खोज्न अन्तिमपटक आग्रह गरेकी छिन् ।
अध्यादेश जारी नहुँदा राष्ट्रियसभा गठन र नयाँ सरका निर्माणमा बाधा पुगेको भन्दै भण्डारीले अध्यादेश जारी गर्न लागेकी हुन् ।

अध्यादेशका बारेमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले एकमत राखेका छन् भने त्यसको ठीक विपरित नेकपा एमाले उभिएको छ ।
तीन दलले अहिले राष्ट्रपतिसमक्ष पेश गरिएको अध्यादेश जस्ताको तस्तै जारी हुनुपर्ने बताएका छन् भने एमालेले चाँही एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने व्यवस्था हटाएर बहमतीय प्रणालीको व्यवस्था गर्नुपर्ने अडान लिदै आएको छ ।

नेकपा माओवादी केन्द्रले भने मध्यमार्गी बाटो लिएर पक्ष विपक्षको कुरा नगरी विवाद बढाउन नहुने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments