Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

एजेन्सी, २२ माघ । प्रत्येक आमाबुवाले आफ्ना नानीहरुलाई ब्रस गर्ने तरिका सिकाइरहेका हुन्छन्। तर टुथपेस्ट कति मात्रामा प्रयोग गर्ने भन्ने बारे नानीहरुलाई सिकाउँदैनन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक अध्ययनका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई मटरको दाना जत्रो टुथ पेस्ट आवश्यक पर्ने बताएको छ।बढी मात्रामा टुथपेस्ट प्रयोग गर्दा बालबालिकाका दाँतमा समस्या आउने उक्त अध्ययनमा उल्लेख छ।

अर्को एक अध्ययन अनुसार करिब चालिस प्रतिशत अभिभावक आफ्ना नानीहरुलाई बढी मात्रामा टुथपेस्ट दिने गरेको पाइएको छ।दाँत झर्ने उमेरका बालबालिकालाई कम मात्रामा टुथपेस्ट दिनुपर्ने विज्ञहरुले बताएका छन्।बढी मात्रामा टुथपेस्ट प्रयोग गर्दा दाँतमा फ्लोरोसिसको समस्या आउने गरेको अध्ययनले जनाएको छ।

अमेरिकन डेन्टल एसोसिएसनका अनुसार टुथपेस्टमा फ्लोराइड हुन्छ, यसले दाँतको ब्याक्टेरियाको सुरक्षित गर्छ।तर बढी मात्रामा यसको प्रयोग हुँदा यसले दाँतलाई खियाइ दिन्छ।त्यसैले बालबालिकालाई थोरै मात्रामा टुथपेस्ट प्रयोग गर्ने सल्लाह दिने गरेको हो।

बढी टुथपेस्ट प्रयोग गर्दा कस्तो असर पर्छ

अध्ययनका अनुसार बढी मात्रामा टुथपेस्ट प्रयोग गर्दा दाँत पलाउँदै गरेका बालबालिका बढी प्रभावित हुने गर्छन्।टुथपेस्टले स्वास्थ्यमा असर नगरेपनि यसको मात्रा नियन्त्रण गरिएन भने दाँतको रङमा परिवर्तन हुने र बांगोटिंगो हुने संभावना बढी रहन्छ।जसले गर्दा दाँतको बनावटमै असर गर्छ।

कस्तो टुथपेस्ट प्रयोग गर्ने

टुथ पेस्टले दाँत सफा गर्दैन, यसले दाँत सुरक्षित राख्ने काम गर्छ।त्यसैले दाँत सफा गर्नुभन्दा पहिले दाँत सुरक्षित राख्ने बारे सचेत हुनु जरुरी छ। टुथपेस्ट खरिद गर्नुभन्दा पहिले पेस्टमा पाँचवटा तत्व हुनु आवश्यक हुन्छ।ती पाँच तत्वहरु क्याल्सियम फोस्फेट्स तथा सोडियम मेटाफोस्फेट, ग्लिसरोल रसरबीटल, डिटरजेन्ट,फ्लेभर र कलर एजेन्ट र फ्लोराइड हुन्। यी पाँच तत्व भएको टुथपेस्ट दाँतका लागि फाइदाजनक हुन्छ।

यसैले टुथपेस्ट खरिद गर्दा दाँतको क्वालिटीलाई ध्यान दिनुपर्छ।व्यक्तिअनुसार सबैको दाँतको क्वालिटी र सेन्सिटिभीटी फरक हुन्छ।त्यसैले आफ्नो दाँतअनुसार टुथपेस्ट प्रयोग गर्नुपर्छ।

कस्तो ब्रस प्रयोग गर्ने

बजारमा थरीथरीका टुथ ब्रसहरु उपलब्ध छन्। टुथपेस्ट जत्तिकै ब्रस खरिदमा सावधानी अपनाउनुपर्छ।ब्रस खरिद गर्दा मुलायम खालको ब्रस किन्नुपर्छ।दाँत विस्तारै माझ्नुपर्छ। दाँत रगडेर सफा गर्नु हुँदैन।यसो गर्दा गीजामा असर पर्छ।

कति समय दाँत माझ्ने
कतिपय मानिसको जति लामो समय दाँत सफा गर्‍यो त्यत्ति नै मात्रामा दाँत सफा हुन्छ भन्ने ठम्याइ हुन्छ। तर लामो समय ब्रस गर्दा दाँतालाई फाइदाभन्दा वेफाइदा हुन्छ।सही तरिकाले दाँत सफा गर्दा छोटो समयमा पनि सफा गर्न सकिन्छ।त्यसैले दाँत सफा गर्ने सही तरिका अपनाउनुपर्छ।

दिनको दुई पटक दाँत सफा गर्नुपर्छ।डेन्टिस्टका अनुसार खानेकुरा खाएको जुनसुकै समयमा पनि पानीले कुलकुल गरेर दाँत सफा गर्नुपर्छ। यसले गर्दा दाँतमा कुनै कणहरु रहँदैनन् र दाँत सफा रहन्छन्। दाँत नपलाएका बालबालिकाका गीजा खाना खुवाइसकेपछि नरम कपडाले पुछिदिनुपर्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments