Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौँ, ५ भदौ २०८२ । नेपाल शिक्षक महासङ्घले आउँदो भदौ दोस्रो सातादेखि गर्न लागेको आन्दोलनविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। चक्रवर्ती हवी एजुकेशन एकेडेमीका कानुन अध्ययनरत विद्यार्थीहरू अर्जुन शाह र राहुल साहोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

शिक्षक महासङ्घको आन्दोलनले विद्यार्थीहरूको पठनपाठन ठप्प हुने हुँदा उनीहरूको अधिकार खोसिने भन्दै त्यसो गर्नलाई रोक्न निवेदन दिएको उल्लेख गरेका छन् ।

उनीहरुले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासङ्घलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।उनीहरुले यसअघि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आन्दोलनरत विद्यालयको शिक्षकहरूलाई तीन दिनभित्र कक्षामा फर्काइ पठनपाठन नियमित गराउन आदेश भएको थियो ।

साथै स्थानीय तहहरूले पनि शिक्षकहरूलाई आफ्नो कर्तव्यमा फर्कन निर्देशन थालेका थिए । अदालतले यसअघि अन्तरिम आदेश दिइसकेको भएपनि पुन शिक्षकहरूले आन्दोलनको कार्यक्रमको सूचना निकालिएको छ ।

शिक्षकहरूको आन्दोलनले बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै रिट दायर भएको छ । साथै संविधान प्रदत्त बालबालिकाको शिक्षाको अधिकार, संविधानको धारा र बालबालिकाको हक संरक्षणसम्बन्धी व्यवस्थामा रहेर रिट दिएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया