Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झापा, ४ भदौ २०८२ । औषधिजन्य लागूऔषधसहित झापाको गौरादहमा दुईजना र मोरङको रंगेलीमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजना गरी ४ जना पक्राउ परेका छन् । गएराति ९:३० बजे गौरादह नगरपालिका वडा न.५ आठ नम्बर बाँधमा प्रहरी चौकी महारानीझोडाबाट खटिएको गस्ती टोलीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अबस्थामा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौरादह-५ बस्ने २१ वर्षीय समिर सिवा र सोही ठाउँ बस्ने २५ वर्षीय शंकर सन्थाल रहेका छन् । उनीहरुको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २०० क्याप्सुल फेला परेको छ । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता मोरङको रंगेलीमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् । हिजो साँझ ६ बजे रंगेली वडा नं।५ स्थित चॉदनी चोकमा सडकको छेउमा भारतीय नम्बर प्लेट भएको बीआर ३९इ३२९३ नं.को मोटरसाइकलमा अडेस लागेर बसेका २ जना ब्यक्तिहरुलाई शंका लागेर चेकजॉच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित १२१ ग्राम र प्लाष्टिकबाहेक १११.२७ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लागूऔषधसहित भारतको विहार अररिया जिल्ला थाना सिक्टी मुरारीपुर वार्ड नं.१ बस्ने २९ वर्षीय इम्तियाज अन्सारी र सोही ठाउँ बस्ने ३२ वर्षीय नुर हसनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया