Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, २ भदौ २०८२ । झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् ।

आज दिउँसो ४:३० बजे दमक नगरपालिका-१ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी हुन् ।

घाइतेलाई दमक अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बोल्न नसक्ने उनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया