Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, २० माघ । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले आफ्नो कब्जामा पारेको थियो।

आइतबार भएको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हात पारेको हो। वर्षाका कारण १० ओभरमा छोट्टिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो। यसअघी करण केसीले एउटै ओभरमा दुई विकेट लिएका थिए। करणले युएईको चौथो र पाँचौँ विकेट लिएका थिए।

चौथो विकेटका रूपमा सहिमन अनवारलाई करणले ३० रनमा आउट गरेका हुन्। करणले ओभरको पहिलो बलमै अनवारलाई आउट गरे। पाँचौँ विकेट ओभरको तेस्रो बलमा लिएका हुन्। उक्त विकेट मोहम्मद नावीको थियो।

करणको बलमा ज्ञानेन्द्र मल्लले अनवारलाई क्याच आउट गरेका हुन्। भने अर्को विकेट पवन सर्राफले क्याच गरेका हुन्। युएईको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्। सन्दीपले मोहम्मद उस्मानलाई २ रनमा आउट गरेका हुन्। सन्दीपले खेलको पहिलो ओभरमा २० रन दिएका थिए। नेपालका लागि दोस्रो विकेट अविनाश बोहराले पहिलो ओभरको पाँचौँ बलमा गुलाम सवीरलाई आउट गरेका छन्। सब्बीरले लामा सट प्रहार गर्दै २५ रन बनाएका थिए।

युएईको पहिलो विकेट सोमपाल कामीले लिएका थिए। सोमपालले अस्फाक अहमदलाई ८ रनमा आउट गरेका छन्। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको थियो। ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएको नेपालका लागि यो स्कोर राम्रो मानिएको छ।

नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई-दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो। थाहाखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments