काठमाडौं, ३१ साउन २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ ।
शुक्रबार परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,’२०८१ सालको एसइईको नियमितरग्रेडवृद्धि परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूमध्ये पुनर्योग गराउन निवेदन दिएका परीक्षार्थीको पुनर्योगका लागि निवेदन दिएका विषयका उपर चित्त नबुझेमा उत्तर पुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ बमोजिम उत्तर पुस्तिका हेर्नका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरिएको छ ।’
आवेदनका लागि पूरा गर्नुपर्ने प्रक्रिया
१. पुनर्योगका लागि निवेदन दिएका विषयमध्ये नतिजामा चित्त नबुझेका उत्तरपुस्तिका हेर्न चाहेका विषयमा प्रति विषय रु.२००० (दुई हजार मात्र) का दरले राजश्व खाता नं. १४२२३ मा रकम जम्मा गर्नुपर्ने छ ।
२. उत्तरपुस्तिका हेर्न पाउँ भन्ने निवेदनको ढाँचामा उल्लेख गरिएका कागजातसहित निवेदन दिएका परीक्षार्थीले तोकिएको ढाँचामा कबुलियतनामा गरे पश्चात उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ को दफा ३९३० बमोजिम विषयगत विज्ञ र अभिभावकसमेतको उपस्थितिमा उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाइने छ । उत्तरपुस्तिका हेर्न दिन र समय परीयार्थीले कबुलियतनामामा प्रदान गरेको सम्पर्क नम्बरमा जानकारी गराइने छ ।
नोटः उत्तरपुस्तिका हेर्न पाँउ भन्ने निवेदनको ढाँचा र कबुलियतनामा कार्यालयको ध्भदकष्तभस् धधध।कभभ।नयख।लउ वा धधध।लभद।नयख।लउ बाट डाउनलोड गर्न सकिने छ ।






