Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, ३० साउन २०८२ । झापाको बाह्रदशीस्थित घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे गौरीशंकर मावि डाँगीबारीमा कक्षा १० मा अध्ययनरत बाह्रदशी-५ कालिदास टोल बस्ने दिलकुमारी राजवंशीकी छोरी १५ वर्षीया झरना राजवंशीको डुबेर मृत्यु भएको हो । उनी स्कुलबाट ७–८ जना साथीहरुसंग घाग्रा खोलामा पौडी खेल्न गएकी थिइन् । पानीको बहाब बढी भएको घुमाउने दहमा परी उनी डुबेकी थिइन् ।

सोही स्थानबाट अन्दाजी ३० मिटर दक्षिणमा झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको छ ।

 

तपाईको प्रतिक्रिया