Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, २८ साउन २०८२ । वालिङ नगरपालिका–८ स्थित एक मासु पसलमा राखिएको बंगुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको छ। पदमबहादुर सोती (भुपेन्द्र सोती) मगरको मासु पसलमा अफ्रिकन स्वाइन फिवरको आशंका लागेपछि एकसाता अघि (साउन २२) नमूना परीक्षणको लागि पोखरा पठाइएको थियो। परीक्षणबाट आरडिटी पोजेटिभ देखिएपछि पसलमा रहेका मासु नष्ट गरिएको हो।

अफ्रिकन स्वाइन फिबर फैलिएको छ कि छैन भन्ने सुझबुझ गरेर मात्र बंगुर खरिदबिक्री गर्न डा. रुपेश श्रेष्ठको सुझाव छ। यो रोगको कुनै खोप नभएकाले रोग लाग्नुभन्दा पहिला नै सतर्कता अपनाउनु पर्ने उनले बताए।

 

 

 

तपाईको प्रतिक्रिया