Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

झापा, २२ साउन २०८२ । रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ। भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटबाट लैजान थालेका हुन्। दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रबव नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे। भारतको विमानस्थल हुँदै खाडी लैजान लागेका महिलाहरू समस्यामा परेका हुन्। उनीहरूलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरूमा राखेर बन्धक बनाइएको प्रहरीको भनाइ छ।

केआइएन इण्डियाका निर्देशक नविन जोशी भन्छन्, ‘नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सूचना केही दिनअघि आएको थियो। सूचनालाई पुष्टि गरेपछि प्रहरी र दूतावासको सहयोगमा उद्धार गरेर नेपाल पुर्‍याउँदैछौं।’

 

तपाईको प्रतिक्रिया