Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौँ, २२ साउन २०८२ । नेपाल शिक्षक महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा नेपाल शिक्षक महासङ्घको सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको छ ।

समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने पारित गरेको हो ।

निज प्रधानाध्यापक रहँदासम्म महासङ्घको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था समिति बैठकले पारित गरेको हो ।

महासङ्घको सदस्य भएका कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने व्यवस्था पनि समिति बैठकबाट पारित भएको छ ।

 

तपाईको प्रतिक्रिया