Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, २१ साउन २०८२ । विद्यालय शिक्षा विधेयकका विवादित दफामाथि सहमति जुटाउन बुधबार ९साउन २१० बसेको शिक्षा परामर्श उपसमितिको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बिहीबार ९साउन २२० दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट विधेयक टुंगो लगाउने तयारी छ । “आजको परामर्श उपसमितिको बैठक सकियो । अब भोलि दिउँसो २ बजे समितिको बैठक बस्छ । त्यसपछि समितिले पारित गरेको खण्डमा प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस हुन्छ,” समितिका सभापति अम्मरबहादुर थापाले बाह्रखरीसित भने ।

ल्क्ष्ऋ ब्कष्ब द्यबललभच बम
पूर्वप्राथमिक शिक्षा ९ईसीडी० कार्यकर्तालाई शिक्षक मान्नेरनमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्नेरनराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०र४० तथा आवधिक बढुवा, शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनको नम्बरलगायत विषयमा सहमति जुट्न सकेको छैन ।

गत चैत २० गतेदेखि शिक्षकले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेका थिए । त्यसपछि वैशाख १७ गते सरकारले महासंघसँग असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति गरेको थियो ।

 

तपाईको प्रतिक्रिया