Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, १९ साउन २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका निर्णय उल्टाउन दबाब दिने निर्णय गरेको छ ।

असन्तुष्ट पक्षको हात्तिसारमा बसेको बैठकले कार्यसम्पादन र केन्द्रीय समिति बैठकमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले अवैधानिक निर्णयहरु गरिराख्नु भएको छ । उहाँले गरेका अवैध निर्णय बदर गराउन कार्यसम्पादन र केन्द्रीय समितिमा जोडदार माग राख्ने निर्णय भएको छ ।’

राप्रपाले केन्द्रीय समितिको बैठक भदौ दोस्रो साता बोलाउने तयारी गरेको छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र न्यायका पक्षमा आवाज उठाउन संस्थापनइतरका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी नेताले जानकारी गराए ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्की नियुक्त गरेपछि दुई पक्षको सम्बन्ध बिँग्रिँदै गएको छ ।

नवराज सुवेदीले सम्हालेको अनुशासन समितिको संयोजकमा अध्यक्ष लिङ्देनले उनी निकट नेता एवं सांसद रोशन कार्कीलाई मनोनित गरेका थिए ।

सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेको दाबी गर्दै संस्थापन पक्षले अर्को व्यक्तिलाई जिम्मेवारी दिएको बताउँदै आएको छ । प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरिएको विषयमा समेत दुई पक्षमा विवाद छ । उनीहरुलाई पदमुक्त गरेको विषय निर्वाचन आयोगमा समेत पुगेको छ ।

असन्तुष्ट पक्षले २९ असारमा निर्वाचन आयोग पुगेर अध्यक्ष लिङ्देनको निर्णय बदर गर्न निवेदन दिएको छ । निर्वाचन आयोगले पदमुक्त गरेको विषयको जानकारी पठाउन पत्र पठाएको छ ।

अध्यक्षको निर्णय सच्याउन माग गर्दै विज्ञप्तिमा हस्ताक्षर गर्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत लिङ्देनले पदमुक्त गरेका छन् ।

पार्टीभित्र असन्तुष्ट बढिरहेकै बेला अघिल्लो साता तल्लो संरचनाको अधिवेशन पर्यवेक्षक तोकिएपछि दुई पक्षको दूरी थप बढेको छ । असन्तुष्ट पक्षले पर्यवेक्षकहरु एकतर्फी घोषणा गरिएको भन्दै अमान्य हुने ठहर गरेको छ ।

सोमबार बसेको बैठकको संयोज वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री डा धवलशमसेर राणाले गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष पाण्डे, महामन्त्री डा।राणा पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा। धवलशमशेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्रबहादुर शाह बैठकमा सहभागी थिए ।

साथै, बागमतीका अध्यक्ष विक्रमबहादुर थापा, कर्णालीका अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जगत गौचन, प्रवक्ताबाट अध्यक्ष लिङ्देनले हटाएका सगुन सुन्दर लावती, सहमहामन्त्रीस् रवीन्द्रप्रताप शाह, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ लगायत ७० जना भन्दा बढी सहभागी भएर बैठक बसेको असन्तुष्ट पक्षले दाबी गरेको छ ।

असन्तुष्ट पक्षको बैठक यसअघि असारको अन्तिम साता बसेको थियो । २५ असारमा अनुशासन समितिको संयोजक परिवर्तन र प्रवक्ता लावती हटाए लगत्तै असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचन आयोगमा अध्यक्ष लिङ्देनको निर्णय विरुद्ध निवदेन गर्ने निर्णय गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया