Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, १६ साउन २०८२ । गृह मन्त्रालयले सरुवा तथा पदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको छ ।

गृहले शुक्रबार एक सूचना जारी गर्दै सरुवारपदस्थापना भएका ठाउँमा नजाने २३ जना कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।

गृहको विभिन्न मितिको निर्णयअनुसार सरुवारपदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नजानेमा १८ जना शाखा अधिकृत र ५ जना नायबसुब्बा छन् ।

०८२ असार १६ गतेदेखि साउन ७ गतेसम्मको अवधिमा उनीहरूलाई विभिन्न स्थानमा सरुवा गरिएको थियो । उनीहरू सरुवा गरेको ठाउँमा जान अटेरी गरेपछि गृहले २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया