Online Bichar
मंगलबार, कार्तिक २६, २०८२ | Tuesday, November 11, 2025

काठमाडौं, १४ साउन २०८२ । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठक बोलाउने तयारी गरिएको छ । समितिका सभापति अम्मरबहादुर थापाले मिडिया काउन्सिल विधेयकको छलफल रोकेर शिक्षा विधेयकका लागि बैठक बोलाउने तयारी गरिएको जानकारी दिए ।

“विधेयकमा सरकार र शिक्षकबीच लगभग सहमति भएको छ । अब समितिको बैठक बोलाएर विधेयक पास गर्ने तयारी छ,” थापाले भने ।

नेपाल शिक्षक महासंघले भने आफूहरूको अडान कायमै रहेको जनाएको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू सरकारसँगको सहमतिमा पछाडि नहटेको बताइन् ।

“सरकारले महासंघले नौबुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार, आम शिक्षक कर्मचारीका माग मुद्दा समेटर अग्रगामी शिक्षा ऐन जारी हुनैपर्छ । पटकपटक भएका सहमतिबाट महासंघ ब्याक भएको छैन । हाम्रो अल्टिमेटम साउन २१ गतेसम्म हो,” पराजुलीले भनिन् ।

तपाईको प्रतिक्रिया