Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, १३ साउन २०८२ । विशेष अदालतले पतञ्जलि जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जलि योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए ।

तपाईको प्रतिक्रिया