काठमाडौं, १२ साउन २०८२ । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना पोखराको दुई ठाउँमा बसेको खुलेको छ ।
१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू शनिबार होटेलमा तीनवटा कोठा लिएर बसेका थिए । होटेलमा बस्नेले आइतबार बिहान चेक आउट गरेका थिए ।
बाँकी चारजना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेको खुलेको छ ।
अहिले दुवै ठाउँमा प्रहरी पठाइएको छ ।






