काठमाडौं, १२ साउन २०८२ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन् ।
गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले बताए ।
साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।
बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा विपद्को घटना पनि भएको छ, उहाँहरुको खोजी हुँदै छ ।’






