Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

काठमाडौं, ८ साउन २०८२ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको थियो। सो दिन १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसदिन ३२८ स्क्रिप्सको ३ करोड ८९ लाख २ हजार ५०८ कित्ता सेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्रीन भेन्चर्स, ट्रेड टावर र सान्भी इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। हिमालयन हाइड्रोपावरको सेयर ८.४१ प्रतिशतले बढ्यो।

७७ करोड बढीको सेयर कारोबार गरी राधी विद्युत शीर्षस्थानमा रह्यो। नगदी ग्रुपले ७१ करोडको सेयर कारोबार गर्दा ग्रीन भेन्चर्सको ६६ करोड,लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १२३ वटा स्टक्सको मूल्य बढ्दा १२७ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो। हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले बढयो।

तपाईको प्रतिक्रिया