Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, १७ माघ । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको पहिलो विकेट गुमाएको छ ।

नेपालका प्रदीप ऐरी पहिलो बलमै आउट भएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।

त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १-१ विकेट हात पारे ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

तपाईको प्रतिक्रिया