झापा, ३ साउन २०८२ । झापाको दमकमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जी रहेका छन् । उनले गत असार ३१ गते दमक-३ मा रहेको चेतना टोलको पुरानो क्रसरको टिनको छानाले बेरेको छाप्रामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए ।
हिजो दिउँसो पीडितसमेत उपस्थित भई इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपछि दमक वडा-५ बाट प्रहरीले दर्जीलाई पक्राउ गरेको हो ।






