Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, २ साउन २०८२ । वैदेशिक रोजगारीका लागि कुवेत लाने भन्दै झुक्क्याएर ठगी गरेको आरोपमा प्रहरीले झापाको शिवसताक्षी नगरपालिका-८ निवासी ४२ वर्षीय सन्तोष सुनुवारलाई पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्तै आएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको प्रहरीको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले एक लाख ५३ हजार रुपैयाँ ठगी गरेको बताइएको छ । प्रहरीले पीडितको विवरण भने खुलाएको छैन ।

बैङ्किङ कसुरमा गुरुङ
त्यस्तै महाशाखाले ज्योति श्रेष्ठको जाहेरीका आधारमा बैङ्किङ कसुर मुद्दामा इलाम सन्दकपुर गाउँपालिका-२ घर भएकी ५० वर्षीया तेजकुमारी गुरुङलाई पक्राउ गरेको छ । उनले २ लाख रुपैयाँ पीडितलाई बुझाउनु पर्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया