Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

झापा, १ साउन २०८२ । झापाको बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधी बरामद गरेको छ । बिर्तामोड-५ मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले प्रतिबन्धित औषधी बरामद गरेको हो । सो गोदाम सनलाइट फर्माका संचालक भानुभक्त खरेलको भएको बताइएको छ । खरेलले मनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा औषधी राखेका थिए ।

प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले बरामद प्रतिबन्धित औषधीको परिमाण यकिन गरी मुचुल्का तयार गर्ने कार्य भइरहेको बताए । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् ।

तपाईको प्रतिक्रिया