Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

काभ्रेपलाञ्चोक, ३२ असार २०८२ । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा काठको मुढासहित खसेको पहिरोमा परेर लागेर गम्भीर घाइते सब–इन्जिनियर सुनिल न्यौपानेको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोका अनुसार, गम्भीर घाइते भएर तत्काल उद्धार गरी हेलिकोप्टरबाट काठमाडौँ लगिएको नुवाकोटको बिदुर नगरपालिका–४ घर भएका २९ वर्षीय सुनिल न्यौपानेको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

हाइड्रोको बाटो सर्भे गर्न गएका सब इन्जिनियर न्यौपानेसहित आज दिउँसो पहिरोमा परी घाइते भएका रामेछाप लिखु तामाकोशी गा।पा वडा नं. ४ बस्ने बर्ष २९ को विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालीका वडा नं. १ भोटेचौर बस्ने २७ वर्षीय सन्दिप चौलागाईंको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

न्यौपानेको टाउँकोमा काठको मुढाले लागेको थियो । चोट लागेको र अवस्था गम्भीर ९बोल्न नसक्ने ० भएकोले उनलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो ।

 

घाइतेमध्ये बुढाथोकी र चौलागाईंको बाहिरी चोट पटक नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया