Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

तुलसीपुर, ३० असार २०८२ । बबई गाउँपालिका वडा नम्बर ५ मा पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको मृत्यु भएको हो ।

सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । शवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमका लागि ल्याइने लागेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया