Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौँ, २९ असार २०८२ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो ।

यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन ।

त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

 

तपाईको प्रतिक्रिया